जीवन बिमा कम्पनीहरूले पाँच महिनामा संकलन गरे ६५ अर्ब रुपैयाँभन्दा बढी बिमाशुल्क


काठमाडौँ । चालु आर्थिक वर्ष २०८१\०८२ को पाँच महिना (साउन–मंसिर) सम्म जीवन बिमा कम्पनीहरूले ६५ अर्ब रुपैयाँभन्दा बढीको बिमाशुल्क संकलन गरेका छन् ।

नेपाल बिमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बिमा कम्पनीहरूले १ करोड ३३ लाख ४२ हजार २४६ वटा बिमा पोलिसी बिक्री गरी ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ कुल बिमामाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बिमाशुल्क संकलन गरेको छ । साे अवधिमा कम्पनीले १८ अर्ब ६७ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ भने नेशनल लाइफले ७ अर्ब ९८ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले ७ अर्ब ६६ करोड रुपैयाँ, हिमालयन लाइफले ६ अर्ब ७९ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ३ अर्ब ९९ करोड रुपैयाँ, एशियन लाइफले ३ अर्ब ३६ करोड रुपैयाँ, सिटिजन लाइफले २ अर्ब ६५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छन् ।

त्यस्तै सानिमा रिलायन्स लाइफले २ अर्ब ५९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने मेट लाइफले २ अर्ब ३३ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । यसैगरि राष्ट्रिय जीवन बीमा कम्पनीले २ अर्ब २५ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ भने प्रभु महालक्ष्मी लाइफले १ अर्ब ९४ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ ।

यस्तै रिलायबल नेपाल लाइफले १ अर्ब ९२करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले १ अर्ब ८९ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गर्दा सन नेपाल लाइफले १ अर्ब ५७ करोड रुपैयाँ कुल बिसमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकले जनाएको छ ।