काठमाडौँ । सरकारले सहकारीसम्बन्धी अध्यादेश ल्याउने भएको छ। मंगलबार बालुवटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहकारीसम्बन्धी समस्या समाधान गर्नका लागि अध्यादेश ल्याउने निर्णय गरेको हो।
अध्यादेशमा सहकारीसम्बन्धी समस्या समाधान गर्न ‘राष्ट्रिय सहकारी नियमन आयोग’ बनाउने उल्लेख गरिएको छ। उक्त आयोग बनेसँगै सहकारी बोर्ड खारेज हुने छ।
प्रतिक्रिया दिनुहोस्