काठमाडौँ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । पुस २१ गतेदेखि सर्वसाधरणका लागि आईपिओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो ।
कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले कर्मचारीहरुका लागि ३ प्रतिशत हुन आउने ६७ हजार ५०० कित्ता सेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सेयर छुट्याएको छ । सोमध्ये कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने भएको हो ।
कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर निष्काशन गरिसकेको छ ।
न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि सर्वसाधारणले पुस २१ गतेदेखि २४ गतेसम्म आवेदन दिन सक्नेछन् । कुमारी क्यापिटल यसको बिक्री प्रबन्धक रहेको छ ।
रेटिङ एजेन्सी केयर नेपालले इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्