लुम्बिनी विकास बैंक र लिजेण्ड प्रोपर्टिजबिच व्यवसायीक सम्झौता


काठमाडौँ । लुम्बिनी विकास बैंक लि. र लिजेण्ड प्रोपर्टिज प्रा.लि. बिच व्यवसायीक सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य र लिजेण्ड प्रोपर्टिज प्रा.लि. का तर्फबाट उपाध्यक्ष पुर्ण बहादुर लिम्बुले हस्ताक्षर गरेका छन् । आगामी दिनमा एक अर्कालाई व्यवसायिकरुपमा सहकार्य गर्ने गरि सम्झौता भएको जनाइएको छ ।

सम्झौता अनुसार लिजेण्ड प्रोपर्टिज प्रा.लि.ले सरकारी मापदण्ड पूरा गर्दै नेपाल सरकार शहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्राधिकरण र स्थानीय निकायसँग स्वीकृति प्राप्त गरि विभिन्न ठाँउमा व्यवस्थित एवं योजनाबद्घ रुपमा विकास गरि विक्रीका लागि राखिएका जग्गा तथा निर्माण गरिएका आवासीय घरहरु खरिद गर्ने ग्राहकहरुलाई लुम्बिनी विकास बैंकले आफ्ना शाखा कार्यालयहरु मार्फत सुलभ ब्याजदर तथा सरल प्रकृया मार्फत आवाश कर्जा उपलब्ध गराउने भएको छ ।

लिजेण्ड प्रोपर्टिज प्रा.लि.ले हाल नेपालको काठमाडौं उपत्यका भित्र, भक्तपुरको पलासे, सिपाडोल, चाँगुनारायण नगरपालिकाको कलामशे, काठमाडौँको दक्षिणकाली नगरपालिका चाङ्लाखेल, काभ्रेको बालुवा र कास्कीको पोखरामा गरि विभिन्न स्थानमा आफ्नो आयोजना विस्तार गरिरहेको छ ।