आईपीओ निष्कासनको तयारीमा भूगर्भ सिमेन्ट, बोलायो साधारण सभा


काठमाण्डौ । भुगर्भ सिमेन्टले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निकाल्ने प्रस्ताव सहित कम्पनी सञ्चालक समितिको बैठकले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सभा काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सुरु हुने जनाएको छ । सभामा नियमनकारी निकायबाट अनुमति लिई सम्पूर्ण कानूनी प्रक्रिया पुरा गर्दै सर्वसाधारणमा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेतमा जारी पूँजीको २० प्रतिशतका दरले आईपीओ निष्कासनको तयारी गरेको छ । आइपीओ निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

कम्पनीले कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–०६,मा सिमेन्ट कारखाना तथा नरपानीरखाँचीकोट, अर्घाखाँची जिल्लामा खानी सञ्चालन गर्दै आएको छ ।

यस कम्पनीले ओपिसी (भुगर्भ सिमेन्ट) तथा पिपिसी(अपोलो, क्रिस्टल, देउराली) सिमेन्ट उत्पादन गर्ने कार्य गर्दै आएको छ ।