काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको दोस्रो बजार सेयर कारोबार रोक्का गरेको छ । नेपाल राष्ट्र बैंकले पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै नेप्सेले बैंकको सेयर कारोबार रोक्का गरेको हो ।
राष्ट्रबैंकले समस्याग्रस्त भनेर घोषणा गरेपछि नेप्सेले दोस्रो बजारमा कम्पनीको सेयर कारोबार रोक्का गरेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । यसअघि पनि राष्ट्र बैंकले गोरखा डेभलपमेन्ट बैंक र नेपाल शेयर मार्केट फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्दा शेयर कारोबार रोक्का गरिएको थियो।
कर्णाली डेभलपमेन्ट बैंकले राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशङ्का भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्नुका साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारी समेतका आधारमा संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकोले सर्वसाधारणको हित कायम गर्न समस्याग्रस्त घोषणा गरी राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्