रुसी कम्पनीद्वारा अन्तर्राष्ट्रिय भुक्तानीमा डिजिटल मुद्राको प्रयोग


रुसी कम्पनीहरूले अन्तर्राष्ट्रिय भुक्तानीहरूमा बिटक्वाइन र अन्य डिजिटल मुद्राहरू प्रयोग गर्न थालेका छन् । पश्चिमी देशहरुले गरेको प्रतिबन्धको प्रतिरोध गर्न बिटक्वाइन र अन्य डिजिटल मुद्राको प्रयोग गर्न अनुमति दिने कानुनी परिवर्तनहरू पछि रुसी कम्पनीहरुले प्रयोज गर्न लागेको जनाइएको छ ।

रूसलाइ पश्चिमी देशहरुले प्रतिबन्ध लगाएका कारण चीन र टर्कीसँगको व्यापारलाई जटिल बनाएको छ । पश्चिमी नियामकहरूबाट छानबिनबाट बच्न स्थानीय बैंकहरू रूससँगकाे लेनदेनहरूमा सतर्क रहेका छन्।

रूसले यस वर्ष विदेशी व्यापारमा क्रिप्टोकरेन्सीहरूको प्रयोगलाई अनुमति दिएर बिटक्वाइन लगायत क्रिप्टोकरेन्सीहरूको माइनिङ सम्बन्धि कानुन बनाउन कदम चालेको छ। रुस बिटक्वाइन माइनिङमा शीर्षस्थानमा रहदैँ आएको छ ।

रुसी अर्थमन्त्री एन्टोन सिलुआनोभले टेलिभिजनमा लेनदेनहरू पहिले देखि नै भइरहेकोले यसको विकास र विस्तार अर्को वर्ष हुने र यसले डिजिटल मुद्राहरूमा अन्तर्राष्ट्रिय भुक्तानीले भविष्यको प्रतिनिधित्व गर्ने बताएका छन् ।