पाँच महिनामा निर्जीवन लघु बिमा कम्पनीको कुल बिमाशुल्क ३३ करोडमाथि, कसको कति ?


काठमाडौँ । चालु आर्थिक वर्ष २०८१\०८२ को पाँच महिना मंसिरसम्म निर्जीवन लघु बिमकले ३३ करोडभन्दा बढी रुपैयाँ बढी कुल बिमाशुल्क आर्जन गरेको छन्।

नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा चार वटा लघु निर्जीवन बिमकले १ लाख ३३ हजार ३८५ वटा बिमालेख जारी गरेर ३३ करोड ८८ लाख ७४ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका हुन्।

जसमा सबैभन्दा बढी नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ३९ हजार ८६६ वटा बिमालेख बिक्री गरेर १० करोड १२ लाख ४६ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ। त्यस्तै प्रोटेक्टिभ माइक्रो रहेको छ। यो कम्पनीले ३० हजार ३६१ वटा बिमालेख बिक्री गरेर ८ करोड ३१ लाख ७५ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ।

यसैगरी स्टार माइक्रोले ३५ हजार १०० वटा बिमालेख बिक्री गरेर ७ करोड ७२ लाख ७६ हजार रुपैयाँ र ट्रस्ट माइक्रोले २८ हजार ५८ वटा बिमालेख बिक्री गरेर ७ करोड ७१ लाख ७७ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको प्राधिकरणकाे तथ्यांकले जनाएकाे छ ।