काठमाडौँ । चालु आर्थिक वर्ष २०८१ \०८२ को मंसिर महिनासम्ममा निर्जीवन बिमा कम्पनीहरूले १७ अर्बभन्दा बढी रुपैयाँ कुल बिमा शुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १४ वटा निर्जीवन बिमा कम्पनीले चालु आर्थिक वर्षको पाँच महिनामा कुल ११ लाख ३७ हजार २७२ वटा बिमालेख जारी गरी कुल १७ अर्ब १७ करोड ७७ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका हुन् ।
सो अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बिमाशुल्क संकलन गरेको छ । कम्पनीले २ अर्ब १९ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छन् । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ७६ करोड रुपैयाँ, शिखर इन्स्योरेन्सले १ अर्ब ७४ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छन् ।
त्यसैगरि आइजिआई प्रुड्न्सियल इन्स्योरेन्सले १ अर्ब ४५ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब ४० करोड रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ४० करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छन् । एनएलजी इन्स्योरेन्सले १ अर्ब १३ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गर्दा ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब १२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छन् ।
त्यस्तै यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब २ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ भने सानिमा जिआईसी इनस्योरेन्सले ९९ करोड ७४ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । त्यसैगरि नेपाल इन्स्योरेन्सले ९४ करोड ४६ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गर्दा प्रभु इन्स्योरेन्सले ७६ करोड ६८ लाख रुपैयाँ बुल बिमाशुल्क संकलन गरेको छ ।
राष्ट्रिय बिमा कम्पनीले ६७ करोड ११ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ भने नेशनल इन्स्योुरेन्सले ५४ करोड ३४ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तंथ्याकले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्