काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले बढेको छ । नपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ४ वटा उपसमुहको सेयरमूल्य बढेको छ ।
बिहीबार नेप्सेमा प्रभु बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५० करोड ७७ लाख ८३ हजार ७०३ रुपैयाँ बढिको सेयर कारोबार भएको छ ।
नेप्सेमा आज २ ओटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेको हो ।
बिहीबार ३ ओटा कम्पनीको सेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयरमूल्य १० प्रतिशतले घटेको हो ।
कुल ३१० कम्पनीको २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार ४५४ रुपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्