ज्योति विकास बैंक “एक्सिलेन्स इन डिजिटल ट्रान्जाक्शन्स” अवार्डबाट सम्मानित


काठमाडाैँ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) ले ज्योति विकास बैंकलाई “एक्सिलेन्स इन डिजिटल ट्रान्जाक्शन्स” अवार्डबाट सम्मान गरेकाे छ ।

बैंकले उत्कृष्ट डिजिटल सेवाको साथै सबैभन्दा बढी डिजिटल कारोबार गर्दै विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेकोमा नेपाल क्लियरिङ हाउस लिमिटेडले सम्मान गरेकाे हाे ।

एनसिएचएलको १६औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई विकास बैंकहरू मध्ये उत्कृष्टताको लागि यो प्रतिष्ठित अवार्ड प्रदान गरेका हुन् ।

ज्योति विकास बैंकले प्रविधिमैत्री र ग्राहक केन्द्रित सेवाहरूलाई प्राथमिकतामा राख्दै डिजिटल ट्रान्सफर्मेशन र नवीनतम प्रविधि मार्फत नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै सबल र सुदृढ डिजिटल बैंकिङ निर्माणलाई निरन्तरता दिंदै आएको छ। 

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।