टर्किएको केन्द्रिय बैंकले नीति दरलाई ४७.५ प्रतिशतमा घटायो


टर्किएको केन्द्रिय बैंकले बिहीवार आफ्नो बेन्चमार्क ब्याज दरलाई २५० आधार बिन्दुले घटाएर ४७.५ प्रतिशतमा पु¥याएको छ । महिनौंसम्म दरहरू स्थिर राखेपछि पहिलो पटक कटौती गरेको छ ।

यद्यपि बैंकले मासिक मुद्रास्फीतिको अन्तर्निहित प्रवृत्तिमा उल्लेखनीय र दिगो गिरावट नआएसम्म र मुद्रास्फीति अपेक्षाहरू प्रक्षेपण दायरामा परिणत नभएसम्म आफ्नो कडा मौद्रिक अडान कायम रहने बताएको छ ।

टर्कीले वर्षौंदेखि बढ्दो मुद्रास्फीतिसँग जुधिरहेको छ । सन् २०२३ को जुनदेखि यस वर्षको मार्चसम्म केन्द्रिय बैंकले मौद्रिक नीतिलाई कडा बनाउन आफ्नो प्रमुख ब्याजदर ८.५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पु¥याएको थियो । मार्चदेखि नै ब्याजदर यथावत राखेको थियो ।