काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेला महोत्सवहरूले स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै मुलुकको अर्थतन्त्र चलायमान बनाउन टेवा पुर्याउने बताएका छन् ।
शुक्रवार ‘मध्यपुर महोत्सव २०८१’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन महोत्सवले प्रत्यक्ष प्रभाव पार्ने बताएका हुन् । मेला महोत्सवहरूले स्थानीय उत्पादन स्वदेशी सामग्रिको अन्तर्राष्ट्रियकरण गर्न समेत सहयोग पुग्ने उनको विश्वास छ ।
उनले स्थानीय उत्पादनदेखि लिएर समाजमा उपलब्ध स्रोत र साधनको उपयोग गरेर देशभित्रै व्यापार व्यवसाय गर्न नयाँ पुस्तामा जागरुकता ल्याउनुपर्ने उनको भनाइ छ ।
“स्थानीय उत्पादन, सामग्रीदेखि लिएर मौका पनि मिल्ने र नयाँ पिँडिलाई पनि काम गरेर खानु राम्रो कुरा हो । हामीसँग भएको स्रोत र साधनको उपयोग गरेर अगाडि बढ्नु राम्रो हुन्छ । मध्यपुर ठिमी महोत्सवले सबैलाई एकै ठाउँमा ल्याउने काम गर्नेछ । ठिमीका जनतालाई मात्र नभएर समग्र देशमका बासिन्दाहरुलाई जमघठ गरेर अन्तरक्रिया गर्ने अवसर जुराएको छ । नेपालको अर्थतन्त्रलाई लयमा ल्याउनका महोत्सवले प्रत्यक्ष रुपमा धेरै ठूलो प्रभाव पार्छ,” उनले भने । नेपालको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि ठाउँठाउँमा मेला महोत्सवहरुको आयोजना गर्नुपर्नेमा उनको जोड छ ।
प्रतिक्रिया दिनुहोस्