पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गत छैनः पूर्वपर्यटनमन्त्री भट्टराई


काठमाडाैँ । पूर्वसंस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गत नभएको बताएका छन् ।

शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभिएशन मिट—२०२४ः नागरिक उड्ययन र अर्थतन्त्रबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमन्त्री भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गतको परियोजना भनेर व्याख्या गर्नुगलत भएको बताएका हुन् ।

उनले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बिआरआई परियोजना सम्बन्धि भएका १० परियोजनाको सम्झौतामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नरहेको स्पष्ट देखिएको बताए ।उनले सम्झौता हुँदा उल्लेख भएका १० रेल्व,सडक,शिक्षा र ट्रान्समिसन लाइन लगायका परियोजनाहरु रहेको भन्दै पोखरा विमानस्थल नभएको बताए । उनले सरकारको बिआरआईका १० वटै आयोजनाहरु अनुदानमा हुनुपर्छ भन्ने नेपालको चाहना रहेको बताए । उनले एमसिसि र बिआरआईको पक्षधर भएको भन्दै एमसिसिको कुरा गर्दा चीनलाई बीचमा नेपालले नल्याउने बताए ।

उनले दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा चलाउनको लागि प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उनले सरकारले केही सहुलियत दिएर भएपनि दुवै विमानस्थललाई सञ्चालनमा ल्याउनुको विकल्प नभएको बताए ।