फेरि बढ्यो अण्डाकाे भाउ


काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक संघले भोलिदेखि अण्डाको समर्थन बिक्री मूल्य लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको छ।

संघको आज बसेकाे भौतिक तथा भर्चुअल माध्यमबाट सम्पन्न बैठकमा भएको सहमति अनुसार चितवनलाई आधार मान्दै यो मूल्य लागू गरिने बताइएको छ।

यस निर्णयअनुसार, मिडियम अण्डाको प्रति पेटीको मूल्य ३ हजार ५०० रुपैयाँ र ठूलो अण्डाको प्रति पेटीको मूल्य ३ हजार ६०० रुपैयाँ तोकिएको छ।

साथै, चितवनबाट लोड गरी देशभर पुर्‍याइने अण्डाको बिक्री गर्दा डिपोमा पुर्‍याउने भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी १४० रुपैयाँ थप लाग्ने जानकारी पनि संघले गराएको छ ।