काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ्ग संघ, काठमाडौंको २५औं साधारणसभा र ९ औं अधिवेशन आज सम्पन्न भएको छ।
नवौं अधिवेशनबाट मनिष अग्रवालको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ।
कार्यसमितिका प्रमुख पदाधिकारीमा अध्यक्ष अग्रवाल, वरिष्ठ उपाध्यक्ष संजय लामा, प्रथम उपाध्यक्ष रमिता कसजु श्रेष्ठ, द्वितीय उपाध्यक्ष दिल विक्रम श्रेष्ठ, महासचिव केदार नाथ बस्ताकोटी, कोषाध्यक्ष मुकेश अग्रवाल, सचिव टेक बहादुर कार्की र सहकोषाध्यक्ष ऋषि किशोर अग्रवाल रहेका छन्।
सदस्यहरुमा सम्यक मान सिंह, राजेन्द्र कुमार शर्मा, निकुंज अग्रवाल, सरद चापागाई, गायत्री भट्टराई, प्रेम प्रसाद पौडेल, अभिषेक शारदा, अंकित लोहिया, राजकुमार श्रेष्ठ लगायतका व्यक्तिहरू २ बर्षे कार्यकालका लागि निर्वाचित भएका छन्।
यो नयाँ कार्यसमितिले आगामी कार्यकालमा फर्निचर तथा फर्निसिङ्ग उद्योगको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस्