दक्षिणपश्चिम दक्षिण कोरियाको एक विमानस्थलमा आइतबार बिहान भएको विमान दुर्घटनामा २८ जनाको मृत्यु भएको छ । १७५ यात्रु र ६ जना चालक दलका सदस्य बोकेको यात्रुवाहक विमान राजधानी सियोलबाट करिव २९० किलोमिटर टाढा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो ।
बैंकक, थाइल्याण्डबाट आएको जेजु एयरको उडान ७ सि २२१६ धावनमार्गबाट बाहिरिएको र रनवेको बाहिरी पर्खालमा ठोक्किएको थियो । जसको फ्युजलेज आधामा ध्वस्त भएको थियो र आगो लागेको थियो ।
चरा ठोक्किएर ल्याण्डिङ गियर फेल भएर दुर्घटना भएको अनुमान गरिएको छ । घटनास्थलमा करिव ८० दमकल खटिएका करिव ४३ मिनेटपछि आगो निभाइएको थियो । प्रहरी र दमकलले विमानको पछाडीबाट उद्धार कार्य गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्