७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट २१ दिनको लागि ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।

राष्ट्र बैंकले यसको साँवा ब्याज माघ ७ गते भुक्तानी गर्ने छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।