काठमाडाैँ । दक्षिण कोरियाको मुआन विमानस्थलमा आइतबार बिहान ठूलो विमान दुर्घटना भएको छ। बैंककबाट आउँदै गरेको जेजु एयरको विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्यसहित १८१ जना सवार थिए। दुर्घटनामा १ सय ५१ शव निकालिएको र २ जना जीवितै उद्धार गरिएको समाचार एजेन्सी एपीले जनाएको छ।
दुर्घटनापछि विमानस्थलको धावनमार्गमा ठूलो विस्फोट भएको र विमान आगोको गोलामा परिणत भएको बताइएको छ। दुर्घटना स्थानीय समय ९ः०७ मा भएको हो। विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको थियो, तर ल्यान्डिङ गियरमा खराबी देखिएपछि पाङ्ग्राहरू खुल्न सकेनन्। जसपछि विमान धावनमार्गमा चिप्लिएर विमानस्थलको बाउन्ड्री पर्खालमा ठोक्किएको थियो। यसै क्रममा ठूलो विस्फोट भएको र विमान आगोमा परिणत भएको जानकारी प्राप्त भएको छ। दुर्घटनापछि विमानस्थलको उडान अवरुद्ध भएको छ र सबै स्थानीय तथा अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन्।
प्रतिक्रिया दिनुहोस्