प्यान कारोवारको दायरा वृद्धि गरी २ करोड बनाउन राष्ट्रिय व्यवसायी महासंघको माग


काठमाडाैँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले स्थायी लेखा नम्बर (प्यान) कारोवारको दायरालाई ५० लाख बाट बढाएर २ करोड बनाउन सरकारसँग माग गरेको छ ।

आइतवार महासंघले सातौं साधारण सभा तथा तेश्रो राष्ट्रिय अधिवेशनको बारेमा जानकारी दिन काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत यस्तो माग गरेको हो । महासंघले पौष २० गते शनिवार काठमाडौँमा तेश्रो राष्ट्रिय अधिवेशन गर्ने लागेको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष कुमार कार्कीले २०७४ सालमा स्थापना भएको महासंघले तेस्रो राष्ट्रिय अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने बताए।

उनले साना तथा मझौला व्यवसायीहरुको समस्या समाधानको लागि राज्य स्तरसम्म पुर्‍याउने काम महासंघले गर्दै आएको बताए ।उनले महासंघको तेश्रो राष्ट्रिय अधिवेशनको समुद्घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने तय भएको बताए । उनले अधिवेशनमार्फत सरकारसँग महासंघले नेपाल भारत खुला सीमामा हुने चोरी पैठारी तत्काल रोक्न माग गर्ने बताए ।अध्यक्ष कार्कीले व्यवसाय दर्ता एकद्वार प्रणालीमा गर्न सरकारसँग माग गरे ।

महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले स्थायी लेखा नम्बर (प्यान) कारोवारको दायरालाई ५० लाख बाट बढाएर २ करोड बनाउन सरकारसँग माग गरे ।उनले प्यानमा ५० लाखसम्म मात्रै कारोबार गर्न पाउने व्यवस्था रहेको भन्दै त्यसलाई पुनःविचार गरी सरकारले २ करोड बनाउनु गर्नेमा जोड दिए । उनले शहरी क्षेत्रमा उद्योग व्यापार व्यवसाय गर्ने व्यवसायीहरुको लागि राज्यले वैज्ञानिक घरभाडा लागू गर्नुपर्ने बताए ।

उनले महासंघले बारम्बार भन्दै आए पनि सरकारले सुनुवाई गर्न नसकेको गुनासो गरे । उनले खाता विवरणहरूको आधारमा कर कार्यालयबाट कर चुक्ता प्रमाण पत्र प्रदान गरे पश्चात पुनरावलोकन नगर्ने व्यवस्था लागू गर्नुपर्ने बताए । उनले सरकारसँग साना उद्योगी व्यवसायीहरुको पनि सहज पहुंच बनाउन माग गरे । चीनको केरुङ र खासा नाका जानका लागि व्यवसायीहरुलाई प्रवेश पासका व्यवस्था गरिनुपर्ने पनि उल्लेख गरे ।

महासंघले साम्रान आयत गद्रांको हालको भन्सार दरवन्दी घटाउनु पर्ने जनाएको छ । त्यस्तै आयकरमा, प्रोपराइट सीपलाई प्रान कम्पनी सरह २५ प्रतिशत नै कायम गरिनुपर्ने,घर बहाल कर ५ प्रतिशत कायम गरिनुपर्ने लगायतका माग समेत महासंघले राखेको छ ।