फर्स्ट माइक्रोफाइनान्सको १ लाख ४० हजार कित्ता सेयर बिक्रीमा


काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ४० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले प्रतिकित्ता न्यूनतम २८० रुपैयाँ वा सोभन्दा बढी कबोल गरी शेयर खरिदका लागि निवेदन दिन सक्नेछन् ।

सेयर खरिदका लागि ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ। तोकिएको समयभित्र शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिनेछ।