यस्तो रह्यो एकदिने च्याउ मेलाको रौनक (फाेटाेफिचर)


काठमाडौँ । नेपालको च्याउ खेति प्रवद्र्धनका लागि च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा आज (पौष १५) गते काठमाडौँको भृकुटीमण्डपमा एक दिने च्याउ मेला तथा परिकार महोसत्व सम्पन्र भएको छ ।

‘च्याउ किसानहरूको जागरुताच, व्यवसायिक उत्पादनद्धारा आत्मनिर्भरता’ भन्ने नाराका साथ च्याउ मेला आयोजना गरिएको थियो । मेलामा ४० वटा स्टलहरू र च्याउसँग सम्बन्धी विभिन्न विषयहरूमा प्रर्दशनी हुनुका साथै च्याउनका विभिन्न परिकारहरूको उपल्बधता तथा प्रर्दशनी गरिएको थियो ।

मेलामा गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यवाहरिक प्रयोगात्मक प्रर्दशनी देखि विभिन्न स्टलहरूमा भिन्न भिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक वस्तुहरूको प्रर्दशनी गरिएको थियो ।

यस संघ स्थापना देखि नै च्याउलाई राष्ट्रिय दिवसको रूपमा मनाउनका लागि विभिन्न समयमा सरकारी निकायहरूसँग अनुरोध र दबाबका कार्यक्रमहरू समेत संचालन गर्दै आएको च्याउ उत्पादन संघ नेपालका अध्यक्ष कार्कीले बताए ।

विहान १० बजेदेखि ५ बजेसम्म आयोजना भएको मेला तथा प्रर्दशनीको उद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गरेको थिए ।