काठमाडाैँ । काठमाडौंको ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी शुरु भएको छ । सोमवारदेखि प्रतिष्ठानमा सिसी कला प्रदर्शनी शुरु भएको हो । प्रदशर्नी आगामी एक हप्तासम्म चल्नेछ ।
कलाकार विभूषण नविन ताम्राकारले पुराना संग्रहालयहरुको संरक्षण गर्ने उद्देश्यले सिसी कला प्रदर्शनी आयोजना गरिएको बताए । यो प्रदशर्नी आगामी २० गतेसम्म चल्ने उनकाे भनाइ छ । उनले सिसीका कलाहरु प्रदर्शनीमा ४५ वटा राखिएको बताए । उनले मेलामा पाँचतले मन्दिर, पशुपति, जानकी मन्दिर, तलेजु भवानी र काष्ठमण्डपको कला प्रदशर्नीमा राखिएको उल्लेख गरे ।
मुलुकभित्र नै नयाँ सिर्जना र कला भएको मानिसले केही गर्नसक्ने वातावरण रहेको उनकाे भनाइ छ । उनले कलाकारहरुलाई समाजले हेर्दा नराम्रो दृष्टिकोणले हर्ने गरिएको उल्लेख गरे । —न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्