भारी वर्षाको कारण बिमा दाबी १२ अर्ब नाघ्यो, भुक्तानी १ अर्ब ५२ करोडमा सीमित


काठमाडौँ । नेपाल बिमा प्राधिकरणले गत असोज १० देखि भएको निरन्तर वर्षाका कारण विभिन्न बिमा कम्पनीहरूले प्राप्त गरेका क्षतिको विवरण सार्वजनिक गरेको छ।

प्राधिकरणका अनुसार गत पुस ११ गतेसम्म निर्जीवन बिमा र निर्जीवन लघु बिमा गरी १२ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ बराबरको दाबी परेको देखिएको छ। तर, बिमकहरूले हालसम्म जम्मा १ हजार ७२० वटा दाबीको १ अर्ब ५२ करोड १८ लाख रुपैयाँ भुक्तानी गरेका छन् भने १८ वटा कम्पनीमा ३ हजार ६७६ वटा दाबी परेको छ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ। यो कम्पनीमा ५११ वटा दाबी परेको छ। जसको कम्पनीले २ अर्ब ६३ करोड १ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने भएको छ। शिखर इन्स्योरेन्समा ४५८ वटा दाबी परेको छ। ती दाबीको १ अर्ब १४ करोड २३ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ।

यसैगरी ओरिएन्टल इन्स्योरेन्सले १८३ वटा दाबीको १ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म कम्पनीले १४७ वटा दाबीको ५ करोड ३ लाख १९ हजार रुपैयाँ भुक्तानी गरेको छ।

सगरमाथा लुम्बिनीले ४२५ वटा दाबीको १ अर्ब ३५ करोड ७८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । हालसम्म १६८ वटा दाबीको २० करोड ४३ लाख ४४ हजार रुपैयाँ भुक्तानी गरेकाे छ । हालसम्म नेको इन्स्योरेन्सले ३०६ वटा दाबीको १ अर्ब ८ करोड ६२ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म १२८ वटा दाबीको १० करोड ३४ लाख ४२ हजार रुपैयाँ हालसम्म भुक्तानी गरेका छन्।

हिमालयन एभरेष्टले २५३ वटा दाबीको १ अर्ब ८१ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म १२९ वटा दाबीको १३ करोड ६२ लाख ८० हजार रुपैयाँ भुक्तानी गरेका छन्। सानिमा जीआईसीले २२८ वटा दाबीको ९५ करोड ३६ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म ५७ वटा दाबीको १३ करोड २१ लाख ७७ हजार रुपैयाँ भुक्तानी गरेका छन्।

एनएलजीले २०० वटा दाबीको ७७ करोड ४१ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । हालसम्म ५९ वटा दाबीको ८ करोड ४ लाख ३५ हजार रुपैयाँ भुक्तानी गरेका छन्। युनाइटेड अजोडले ३३४ वटा दाबीको ७४ करोड ८० लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म ८७ वटा दाबीको २ करोड ६४ लाख ७१ हजार रुपैयाँ भुक्तानी गरेका छन्।

नेसनल इन्स्योरेन्सले ११३ वटा दाबीको ४८ करोड ३६ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १८७ वटा दाबीको ४१ करोड ३९ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियलले २९४ दाबीको ४१ करोड ३४ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १३७ वटा दाबीको २८ करोड ७९ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले २० वटा दाबीको २० करोड ७३ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

हालसम्म नेसनल इन्स्योरेन्सले १२ वटा दाबीको १ करोड ८५ लाख ९६ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले ५९ दाबीको २ करोड १३ लाख ९९ हजार रुपैयाँ, आईजीआई प्रुडेन्सियलले १४८ दाबीको ११ करोड ६५ लाख ५३ हजार रुपैयाँ र प्रभु इन्स्योरेन्सले ४९ वटा दाबीको १ करोड ३२ लाख ८० हजार रुपैयाँ भुक्तानी गरेका छन्। राष्ट्रिय बीमा कम्पनीले भने हालसम्म एउटा दाबीको पनि भुक्तानी गरेको छैन।

त्यस्तै निर्जीवन लघु बिमकतर्फ स्टार माइक्रोले १० वटा दाबीको ३६ लाख ६५ हजार रुपैयाँ, ट्रस्ट माइक्रोले ४ वटा दाबीको १५ लाख २० हजार रुपैयाँ, नेपाल माइक्रोले ४ वटा दाबीको ६ लाख ५० हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रोले ९ वटा दाबीको ५ लाख ४० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

हालसम्म स्टार माइक्रोले ३ वटा दाबीको २ लाख ५० हजार रुपैयाँ, ट्रस्ट माइक्रोले २ वटा दाबीको २ लाख ६० हजार रुपैयाँ, नेपाल माइक्रोले ४ वटा दाबीको ५ लाख १ हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रोले ६ वटा दाबीको १ लाख १८ हजार रुपैयाँ भुक्तानी गरिसकेकाे  प्राधिकरणकाे तथ्याङ्कले देखाएकाे छ ।