पछिल्लो पाँच महिनामा ४५ हजारभन्दा बढी पोलिसी सरेन्डर


काठमाडौँ । चालु आर्थिक वर्ष २०८०\८१ को मसिर महिनासम्म १४ वटा जीवन बिमा कम्पनीमा बिमा पोलिसी सरेन्डर गर्नेहरूको संख्या ४५ हजारभन्दा बढी रहेको छ ।

नेपाल बिमा प्राधिकरणको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि मंसिरसम्म बीमितहरूले ४५ हजार ६० वटा बिमालेख सरेन्डर गरेका हुन् । प्राधिकरणका अनुसार जीवन बिमा कम्पनीहरूको कुल ६ अर्ब १० करोड ७२ लाख रुपैयाँ बराबरको बिमा पोलिसी सरेन्डर भएको छ ।

यो अवधिमा सबैभन्दा बढी बिमा पोलिसी सरेन्डर गर्नेमा एलआइसी नेपालको रहेको छ । पाँच महिनाको अवधिमा एलआइसी नेपालको १ हजार ७९३ वटा पोलिसी बराबर १ अर्ब ९३ करोड ३५ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, नेपाल लाइफको १० हजार ३१७ वटा बिमा पोलिसी वापत १ अर्ब ६७ करोड ९६ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ ।

राष्ट्रिय जीवन बिमा कम्पनीको ५ हजार ४१० वटा बिमा पोलिसी वापत ५१ करोड ३२ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको हो । सोही गरि एशियन लाइफको ३ हजार ७५२ वटा बिमा पोलिसी वापत ४० करोड १४ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ भने नेशनल लाइफको २ हजार ५४१ वटा पोलिसी वापत ३७ करोड ११ लाख रुपैयाँको पोलिसी सरेन्डर भएकाे छ ।

यता सूर्यज्योति लाइफको २ हजार ४८८ वटा पोलिसी वापत ३२ करोड ६४ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर हुँदा हिमालयन लाइफको ३ हजार ३३ वटा बिमा पोलिसी वापत २८ करोड ३० लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ ।

त्यसैगरि मेट लाइफको १५ सय १६ वटा बिमा पोलिसी वापत १७ करोड २३ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ भने सानिमा रिलायन्स लाइफको ७८७ वटा पोलिसी वापत १० करोड ९५ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो ।

यता आइएमई लाइफको ७६३ वटा बिमा पोलिसी वापत ८ करोड ४३ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सिटिजन लाइफको १ हजार १०८ वटा बीमा पोलिसी वापत ८ करोड रुपैयाँको पोलिसी सरेन्डर भएको हो । प्रभु महालक्ष्मी लाइफको ५४९ वटा बिमा पोलिसी वापत ७ करोड ८० लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ भने रिलायबल नेपाल लाइफको ७०८ वटा बिमा पोलिसी वापत ४ करोड ४६ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सन् नेपाल लाइफको २९५ वटा बिमा पोलिसी वापत २ करोड ९४ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको भएको बिमा प्राधिकरणको तंथ्याकले देखाएको छ ।