काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले श्रम र पुँजीलाई सँगै अघि बढाउन आवश्यक रहेको बताएका छन् । मंगलवार काठमाडौंमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को छैटौं श्रम संसदको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमीक केही हुन् भन्ने मान्यतालाई विशेष जोड दिइ मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्यकता भएको उल्लेख गरे । उनले भौतिक विकासका रुपमा भएको प्रकृतिको दोहन र मानवीयता प्रतिको बेवास्थाले विश्वमा दिनानुदिन जलवायु परिवर्तनको जोखिम बढिरहेको बताए । उनले सामाजिक न्यायका लागि सबैबीच कसिलो गठबन्धन आवश्यक रहेको बताए ।
उनले नेपालका श्रमीकहरुले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरेको योगदान सह्रानिय रहेको उल्लेख गरे । मुलुकको विकास भनेको केबल आर्थिक र भौतिक मात्रै नरहेको भन्दै मानवीय विकास पनि उत्तिकै महत्वपूर्ण रहेको बताए ।
राष्ट्रपति पौडेलले श्रमको सम्मान गर्ने संस्कृति नै नेपालको विकासको आधार भएको जिकिर गर्नुभयो । सफल राजनीतिक परिवर्तनपछि देशले चाहेको विकास र समृद्धिको आधार बन्ने बताए । उनले जलवायु न्यायका लागि सिर्जित ग्लोवल फण्डको हिस्सा नेपाल जस्तो पीडित देश र लक्षित श्रमीकसम्म पु¥याउने चुनौतिका बीच नेपालले आफ्नो दाबी बढाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्