काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष योगेन्द्रकुमार कुवँरले श्रम बजारसम्बन्धी जुम्ल्याहा कानून ल्याउँदा श्रमदाताहरूले श्रम लचकताको गलत फाइदा उठाएको बताएका छन् ।
मंगलवार काठमाडौँमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को छैटौं श्रम संसदको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सरकारले जति बढी सामाजिक सुरक्षा त्यति नै श्रममा लचकता भन्दै जुम्ल्याहा कानून ल्याउँदा श्रम बजार समस्याग्रस्त भएको बताएका हुन् । उनले श्रमदाताहरूले श्रम लचकताको गलत फाइदा उठाएर श्रमिकहरूलाई अन्धाधुन्ध जगेडामा राख्ने काम गरिरहेको टिप्प्णी गरेका हुन् ।
उनले संविधान बमोजिम श्रम बजरको लागि नीतिगत र कानूनी संरचनाहरू तयार भएपनि आम श्रमिकले त्यसको अनुभुति गर्न नपाएको बताए । उनले श्रम बजार अझै कमजोर, अव्यवस्थित, असुरक्षित र अमर्यादित तथा अनौपचारिकरण हुँदै गइरहेको महशुस हुन थालेको बताए ।
उनले श्रम बजारलाई औपचारिकरण गर्न श्रम ऐन परिमार्जन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन निर्माण गरी कार्यान्वयनमा ल्याउन माग गरे । उनले बालश्रम निवारण, व्यवसाय र मानव अधिकार प्रवद्र्धन र व्यवसायजन्य सुरक्षाको सुदृढिकरणका लागि विभिन्न रणनीतिक योजनहरु क्रियाशील भएपनि त्यसको प्रभाव श्रम बजारमा पर्न नसकेको बताए ।
प्रतिक्रिया दिनुहोस्