काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पाँच वर्ष एउटै प्रधानमन्त्रीले देशको नेतृत्व गर्नसक्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
मंगलवार काठमाडौँमा राष्ट्रिय मेलमिलाप दिवस एवं समभाव विमोचन समारोहलाई सम्बोधन गर्दै उनले पाँच वर्ष संसदमात्रै स्थिर रहने नभइ प्रधानमन्त्री पनि पाँच वर्ष स्थिर रहने संविधान संशोधन जरुरी रहेको बताएका हुन्।
उनले अबको मेलमिलापको बहस स्थिर प्रधानमन्त्रीको हुनुपर्ने बताए । उनले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने कुरा ठूलो नभएको भन्दै संविधान संशोधनको ढोका खोल्दा स्थिर सरकार र प्रधानमन्त्रीको कुरामा जोड दिनुपर्ने बताए ।
अब समुन्नतिको सन्दर्भमा मेलमिलाप जरुरी रहेको बताए । महामन्त्री शर्माले सरकारका आगामी नीति तथा प्राथमिकता तीन चरणमा काम गर्नेगरी ल्याउनुपर्ने बताए । सबै विकास भइसकेको जसरी राति काम नै नहुने झैँ सूर्य अस्त, नेपाल मस्त हुनु नहुने उनको टिप्पणी थियो । उनले जन्ममितिले नयाँ राजनीतिक दलहरु नभइ प्रवृत्तिबाट राजनीतिक दलहरु आवश्यक रहेको बताए ।
महामन्त्री शर्माले छिमेकी राष्ट्रहरूले जिम्मा लिएका पूर्वाधार निर्माणका कामहरूलाई गति दिन दृढतापूर्वक छलफल गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्