३३ अंकले घट्यो नेप्से


काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ३३.०८ अंकले घटेर २५७६.५० अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी एक ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।

मंगलबार नेप्सेमा प्रभु बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३५ करोड ९४ लाख ९२ हजार ३४ रुपैयाँको सेयर कारोबार भएको छ ।

आज नेप्सेमा ११ प्रतिशत एन आई शी एसिया डिबेन्चर ०८२ ८३ का लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य ६.१० प्रतिशतले बढेको छ ।

मंगलबार ४ ओटा कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । सर्पोट माइक्रोफाइनान्स, जानकी फाइनान्स, पोखरा फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको कम्पनीमा नकारात्मक सर्किट लागेको हो । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत र ९.९९ प्रतिशतले घटेको छ ।

कुल ३०८ कम्पनीको एक करोड ३१ लाख ७४ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६७ करोड ४६ लाख ८६ हजार ९१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।