सरकारले तोक्यो सार्वजनिक खाद्य विश्लेषकमा २४ वरिष्ठ अधिकृत


काठमाडाैँ । नेपाल सरकारले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३९ को उपदफा (१) अनुसार सार्वजनिक खाद्य विश्लेषकका रूपमा २४ जना वरिष्ठ अधिकृतहरूलाई नियुक्त गरेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारीहरूमध्ये यो जिम्मेवारीका लागि योग्य ठहरिएका वरिष्ठ अधिकृतहरूको नाम प्रकाशित गरेको हो।

सार्वजनिक खाद्य विश्लेषक तोकिएका वरिष्ठ अधिकृतहरूमा प्रमोद कोइराला, डा. हुमाकुमारी बखिम, मोहनकृष्ण महर्जन, महिपालराम बैद्य, विजय खनाल, कृष्णप्रसाद राई, कमलप्रसाद रेग्मी, शिवसागर चौधरी, नवराज दहाल, हस्तबहादुर राई, विमलकुमार दाहाल, डा. क्षीतिज श्रेष्ठ, भीमप्रसाद पुलामी, सुमन धिताल, ज्योत्सना श्रेष्ठ, सञ्जय भण्डारी, अनुप हलवाई, डा. बालकुमारी शर्मा, रमेश खड्का, हरेराम प्रधान, काशीनाथ घिमिरे, प्रशान्त पोखरेल, र प्रतिमा श्रेष्ठ रहेका छन्।

यो निर्णयसँगै, खाद्य विश्लेषकहरूले देशभर खाद्य सामग्रीको गुणस्तर र स्वच्छता सुनिश्चित गर्न परीक्षण, अनुगमन र नियन्त्रण कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।