ज्योति विकास बैंकका ग्राहकहरुलाई ‘दुषित थानी हिमालयन रिर्साेट’मा विशेष छुट


काठमाडाैँ । ज्योति विकास बैंक लिमिटेडका ग्राहकहरूले धुलिखेलमा रहेकाे ‘दुषित थानी हिमालयन रिर्साेट धुलिखेल, नेपालमा’ छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई दुषित थानीमा १५% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।

यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा १५% सम्म छुट प्राप्त गर्न सक्ने जनाइएकाे छ । यस रिसोर्टले खाना तथा पेय पदार्थ, देवराना वेल्ल्नेस स्पा, स्वीमिङ पुल, ज्याकुजी, स्टीम र साउना जस्ता सुविधाहरूमा ज्योति विकास बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्ने व्यवस्था गरेको छ।

हालै बैंकले पोखरास्थित टिक्का रिर्साेटमा ३०% र अतिथि रिर्साेट एण्ड स्पाममा २०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। साथै, बैंकले खोटाङस्थि जामबला रिर्साेटमा १०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।