काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक लाख ४९ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार एक हजार ४०० रुपैयाँले बढेर एक लाख ५१ हजार रुपैयाँ कायम भएको छ ।
चाँदीको मुल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्