झिनो अंकले बढ्यो नेप्से, ३ अर्ब ५९ करोड रुपैयाँ बढीको कारोबार


काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ५.१० अंकले बढेर २५८१.६० अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ८ ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।

बुधबार नेप्सेमा एनआरएन इन्फ्रस्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २१ करोड ८२ लाख १७ हजार ३४९ रुपैयाँको सेयर कारोबार भएको छ ।

आज नेप्सेमा त्रिशुली जलविद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

बुधबार सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३०५ कम्पनीको ९४ लाख ३४ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५९ करोड ७४ लाख ४५ हजार ३३४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।