कर्णालीका सहकारी संस्थाहरूमा बचत २९ प्रतिशले बढ्यो, ऋण प्रवाहमा पनि सुधार


काठमाडौँ । कर्णाली प्रदेशका सहकारी संस्थाहरूमा बचत २९ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०\८१ को असार मसान्तसम्म कर्णालीका सहकारी संस्थाहरूकाे कुल बचत २९.०३ प्रतिशतले वृद्धि भएको हो। जबकी आर्थिक वर्ष २०७९\८० को असार मसान्तसम्म यो वृद्धिदर ५.५९ प्रतिशत मात्रै थियो।

त्यस्तै, सहकारी संस्थाहरूकाे कुल पुँजीमा पनि ५.०६ प्रतिशतको वृद्धि भएको छ, जबकि अघिल्लो वर्ष पुँजी वृद्धिदर ८.५४ प्रतिशत थियो। ऋण प्रवाहतर्फ हेर्दा, समीक्षा वर्षमा १८.३४ प्रतिशतले वृद्धि भएको देखिन्छ, जुन अघिल्लो वर्षको २.१० प्रतिशतको गिरावटपछि आएको सकारात्मक सुधार हो।

सहकारी क्षेत्रको बचत वृद्धिमा ग्रामिण क्षेत्रमा यी संस्थाह?को पहुँच विस्तार र उत्पादनसँगको सम्बन्धले मुख्य भूमिका खेलेको प्रतिवेदनले औंल्याएको छ। रोजगारी सिर्जनामा पनि सहकारी क्षेत्रले सुधार देखाएको छ। समीक्षा वर्षमा ६.२७ प्रतिशतले रोजगारीको अवसर बढेको पाइएको छ। तर, सदस्य संख्याको वृद्धिदर भने कमजोर रहेको छ। अघिल्लो वर्ष ५.८८ प्रतिशतले बढेको सदस्य संख्या यस वर्ष ०.६० प्रतिशतले मात्र वृद्धि भएको हो।