सिटिजन्स बैंकको ४९ हजार ९ सय कित्ता संस्थापक सेयर बिक्रीमा


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ४९ हजार ९ सय २८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी रोमु श्रेष्ठको नाममा रहेको ४९ हजार ९ सय २८ कित्ता सेयर प्रतिकित्ता न्यूनतम मूल्य १ सय २ रुपैयाँ तोकिएको छ ।

सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेपछि कम्पनीले अन्य व्यक्ति वा संस्थाको लागि बिक्री प्रक्रिया अगाडी बढाएको छ ।

सेयर खरिद गर्न सर्वसाधारणले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रीय कार्यालय आवेदन दिनसक्ने जनाइएको छ ।