नेपाल डेरी एसोसिएसनको २६ औं बार्षिक साधारणसभा बुटवलमा हुने


काठमाडौँ । नेपाल डेरी एसोसिएसनको २६ औं बार्षिक साधारणसभा एवं स्थापना दिवस बुटवलमा हुने भएकाे छ । एसोसिएसनको माघको ७ गते मुख्यमन्त्रीको विशेष उपस्थितिमा कार्यक्रम हुने जनाइएकाे छ ।

एसोसिएसनका हरेक गतिविधि फरकफरक प्रदेश र जिल्लामा गर्ने अनुसार यस वर्षको २६ औं बार्षिक साधारणसभा एवं स्थापना दिवस कार्यक्रम बुटवलमा हुन लागेको उल्लेख गरिएकाे छ ।

सभामा भाग लिन एसोसिएसनले प्रतिनिधी मनोनयन गरि आव २०८१ / ८२ सम्मको बुझाउनु पर्ने वार्षिक शूल्क एवं बाँकी अन्य सबै शुल्क बुझाई उपस्थित हुन एसोसिएसनले सबै सदस्यहरुलाई आग्रह गर्दै प्रदेश र जिल्ला समितिलाई निर्देशन गरेको छ ।

पुस मसान्तसम्म एसोसिएसनमा अद्यावधिक भएका सदस्यले मात्र साधारणसभामा सहभागीता हुन सक्ने एसोसिएसनका केन्द्रिय कोषाध्यक्ष दयाराम भण्डारीले बताए।