भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित


काठमाडाैँ । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ ।

बिहीवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट उपसमितिले तयार गरको प्रतिवेदनसहितको संशोधन विधेयक पारित गरेको हो ।

नेपाली काँग्रेसका सांसद हृदयराम थानीको संयोजकत्वमा गठित उपसमितिको प्रतिवेदनसहित विधेयक सर्वसम्मतबाट पारित भएको समिति सभापति रामहरी खतिवडाले घोषणा गरे । सभापति खतिवडाले विधेयक पारित गर्नको लागि गरेको प्रश्ताव समिति सदस्यहरुले तालि बजाउँदै पारित भएको जानकारी गराए ।

समितिबाट पारित भ्रष्टाचार निवारण ऐन प्रतिनिधि सभामा पेश हुनेछ ।