ग्लोवल आइएमई बैंक सबै प्यारामिटरमा देशकै ठूलो बैंक बन्नेछः अध्यक्ष ढकाल


काठमाडाैँ । ग्लोवल आइएमई बैंक १९ वर्षमा प्रवेश गरेको छ । आजदेखि बैंक आफ्नो १८ औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको हो । १८ औं वार्षिकोत्सवको अवसरमा बिहीवार बिहान काठमाडौँमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैले मेहनत गरे केही समयभित्रै सबै प्यारामिटरमा ग्लोवल आइएमई बैंक देशकै अब्बल बैंक बन्ने दाबी गरे ।

कर्मचारीहरूले आफ्नोपनसहित काम गरेको खण्डमा धेरै फायदा लिन सकिने अध्यक्ष ढकालको भनाइ छ । नेपालमा रहेका कुनैपनि बैंकको डिपोजिट बराबरको रकम ग्लोवल आइएमई बैंकको सेभिङ डिपोजिट रहनु गौरवको विषय भएको बताए । अध्यक्ष ढकालले ग्लोवल आइएमई बैंक र बैंकअन्तर्गतका रेमिट्यान्स कम्पनीमार्फत करिव ५० प्रतिशत रेमिट्यान्स भित्र्याउनु पनि बैंकका लागि खुशीको कुरा भएको बताए। नेपालमा गरेपछि सबै सम्भव हुनेकुरा आफ्नो जीवनीबाट लिन सकिने बताए ।

१८ औं वार्षिकोत्सवको अवसरमा बैंकले बैंकका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना ल्याएको छ । छुट पौष २४ गते बुधवारसम्म रहनेछ । —न्युज एजेन्सी नेपाल