काठमाडौं । सस्कृती, पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि नीजि क्षेत्र अघि बढ्नपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा पर्यटन क्षेत्रको विकासका लागि तीन तहकाे सरकारलाई जाेड्न सरोकारवालाको दुईवटा बैठक सम्पन्न भईसकेकाे बताए ।
‘पर्यटन क्षेत्रका समस्या देखि एयरलाइन्स सम्मका समस्या हल गर्नका लागि बृहत् रूपमा छलफलका लागि भेला गर्दै छाैं,त्यसमा समितिकाे साथ र सहयोगकाे अपेक्षा गरेका छाैं,’ मन्त्री पाण्डेले भने, ‘पाेखरा र भैरहवाकाे विमानस्थल नियमित संचालनका लागि हामी समीक्षा गरिरहेका छाैं, केही निकायहरू त्यहाँ गएपछि दुईवटा एयरपोर्ट नियमित सञ्चालन हुनेछन ।’
उनले पर्यटन संस्कृति नीति अन्तिम चरणमा रहेकोे र नागरिक उड्डयन सम्बन्धि विधेयक मन्त्रीपरिषद्ले पास गरिसकेको जानकारी दिए । मन्त्रालयका सचीव डा. गणेशप्रसाद पाण्डेयले मन्त्रालयका कामकारवाहीको बारेमा जानकारी गराउँदै पुँजी, प्रबिधि, जनशक्तिको सिमितताले अपेक्षा अनुसारको काम गर्न नसकिएको उल्लेख गरेका थिए ।
बैठकमा पूर्व प्रधानमन्त्री एवं समिति सदस्य माधवकुमार नेपाल,सांसदहरू प्रभु साह, दामाेदर भण्डारी, शिशिर खनाल, सुदन किराँती, सुनिता बरा, भिमप्रसाद आचार्य लगायतले मन्त्रालयकाे आव ०८१/०८२ काे कार्यप्रगति र नीतिसम्बन्धि विषयमा छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्