काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ४.६३ अंकले बढेर २५८६.२३ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ८ ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।
बिहीबार नेप्सेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड प्रोमोटर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४६ करोड १७ लाख ४२ हजार ८२० रुपैयाँको सेयर कारोबार भएको छ ।
आज नेप्सेमा न्यादी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
बिहीबार सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.०२ प्रतिशतले घटेको छ ।
कुल ३१५ कम्पनीको एक करोड ८६ हजार ७०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार ३७९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्