महुली लघुवित्तको एफपिओ बाँडफाँट


काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओ बाँडफाँट भएको छ । एफपिओ ४७ हजार ५५४ आवेदकले १० कित्ताका दरले प्राप्त गरेका छन् भने ९ जनाले थप १ कित्ता सेयर प्राप्त गरेका छन् । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार १ आवेदकले ०.१५ कित्ता प्राप्त गरेका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ पुस ५ गतेदेखि ९ गतेसम्म निष्कासन गरेको थियो ।

एफपिओ खरिद गर्न कुल १६ लाख ९२ हजार १०६ आवेदकले २ करोड २८ लाख ५२ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए । क्यापिटलका अनुसार सोमध्ये १६ लाख ८७ हजार ७७४ आवेदन स्वीकृत भएको छ भने ४ हजार ३३२ आवेदन रद्द भएको जनाएको छ।

शुक्रबार बिहान बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको थियो ।