अवैध गतिविधि नियन्त्रणबाट प्रहरीले पाँच महिनामा संकलन गर्‍यो २ अर्ब २४ करोड राजस्व


काठमाडाैँ । नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१\०८२ को श्रावणदेखि मंसिरसम्म विभिन्न अवैध क्रियाकलाप नियन्त्रण गरेर २ अर्ब २४ करोड ११ लाख २० हजार ५८५ रुपैयाँ राजस्व संकलन गरेको छ। प्रहरीले आज सार्वजनिक गरेकाे तथ्याङ्कअनुसार, राजस्व संकलन १० वटा मुख्य क्षेत्रहरूमा केन्द्रित छ।

प्रहरीको विवरणअनुसार, अवैध मालसामान बरामद गरेर सबैभन्दा धेरै ९० कराेड ५७ लाख ७३ हजार ९२६ रुपैँया राजस्व संकलन गरिएको छ। यसपछि, ट्राफिक नियम उल्लङ्घन कारबाहीबाट ५२ करोड ७ लाख ८७ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ।

त्यसैगरी अदालती फैसला कार्यान्वयनबाट ४२ कराेड ७४ लाख ३७ हजार १८९ रुपैयाँ, अवैध सुन चाँदी बरामदबाट २६ कराेड २९ लाख ६७ हजार २८३ रुपैँया, अवैध मुद्रा बरामादबाट ४ कराेड ३७ लाख ९५ हजार ८४२ रुपैँया संकलन गरेकाे छ ।

त्यस्तै स्राेत नखुलेकाे रकमबाट २ कराेड ९० लाख ६९ हजार ०३४ रुपैँया, हुण्डी काराेबारबाट १ कराेड ८३ लाख ४ हजार, अवैध काठ बरामदबाट १ कराेड २० लाख ७० हजार ३३५ रुपैँया, अवैध पशुपन्छीबाट १ कराेड १६ लाख ६७ हजार ७९० रुपैँया र अवैध नदीजन्य पदार्थ उत्खननबाट ९२ लाख ४७ हजार १८१ रुपैयाँ राजस्व संकलन गरेकाे छ ।

नेपाल प्रहरीले अवैध गतिविधिहरू रोक्न गरेको कडा कारबाहीले देशको आर्थिक अनुशासन र राजस्व व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्‍याएको छ। प्रहरीको प्रतिबद्धताले राजस्व चुहावटलाई रोक्न थप प्रभावकारी परिणाम ल्याउने विश्वास गरिएको छ।