काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव अनिलकुमार पोखरेललाई पदबाट बर्खास्त गरेका छन् । पोखरेल ठगी धन्दा संलग्न रहेको सार्वजनिक भएपछि पदबाट सभापतिले हटाएका हुन्र ।।
उच्च अदालत विराटनगरले पोखरेललाई ठगीमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई गत भदौमै परमादेश दिएको थियो । उक्त परमादेश पुस ११ मा प्रमाणीकरण भएको छ ।
पोखरेलले संघीय संसद सचिवालयलाई स्वकीय सचिवलाई पोखरेललाई हटाएको जानकारीसहितको पत्र पठाएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।
पोखरेलले संसद सचिवालयलाई लेखेको पत्रमा लेखिएको छ – ‘मेरो स्वकीय सचिवको रूपमा कार्यरत अनिल कुमार पोखरेललाई उच्च अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको भन्ने विभिन्न मिडियामा प्रकाशित समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। निज माथि लगाएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागु हुनेगरी निष्कासन गरेको ब्यहोरा अनुरोध गर्दछु ।’
पोख्रेलले पत्रमा भ्रष्ट्राचार जन्य क्रियाकलापमा संलग्न जो कोही माथि निष्पक्ष छानबिन र दोषी उपर कडा कारबाही हुनुपर्दछ भन्ने आफ्नो मान्यता रहेको उल्लेख गरेृका छन् ।
स्वकीय सचिव पोखरेलले एमबीबीएसको प्रवेश परिक्षामा नाम निकाल्दिने भन्दै ३८ लाख ८० हजार लिएको र नाम ननिस्किएपछि पैसा माग्दा उल्टै धम्कि दिएर ५० लाख रुपैयाँ ऋण लिएको लिखत गराएको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्