काठमाडाैँ । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमन्त्री दीपक खड्काले २०३५ भित्र उर्जा क्षेत्रलाई चलायमान बनाइ २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित दाना खोला हाइड्रोपावर योजनाको वित्तीय व्यवस्थापन हस्ताक्षर समोरोहलाई सम्बोधन गर्दै उनले सरकारले हालै मन्त्रीपरिषद् बैठकबाट २८ हजार ५ सयको लक्ष्य १० वर्षमा पु¥याइसक्ने भनेर लिएको बताएका हुन् । सरकारले निश्चित लक्ष्य र उद्देश्य लिएको भन्दै मन्त्री खड्काले अब कुनैपनि विकास निर्माणका काममा समय नलाग्ने बताए ।
विद्युत उत्पादनका लागि पनि सबै इन्फा स्ट्रक्चर बनिसकेकाले धेरै समय नलाग्ने उनको दाबी छ । अध्ययन भएका योजनाहरु अब थन्किएर बस्न नपाउने भन्दै सरकारले आवश्यक काम थालिसकेको बताए । उनले अहिलेको सरकार मजबुत सरकार भएकाले निजी क्षेत्रलाई उर्जा क्षेत्रमा लगानी गर्त उत्साहित बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाए ।
मन्त्री खड्काले अब समयमै काम गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले बैंकहरुले लगाउने सिलिङमा पनि परिवर्तन गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्