६ हजार सहकारी बचतकर्ताको रकम पूर्ण रूपमा फिर्ता गरेका छौँः सञ्चारमन्त्री गुरुङ


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गल्ती गरेपछि सडक आन्दोलनबाट मुक्ति पाउँछु भन्ने नठान्न आग्रह गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित भुवो पर्व विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङ गल्ती गर्ने अनि सडक आन्दोलन गरेर मुक्ति मिल्छ भन्ने नसोच्न आग्रह गरेका हुन् । पूर्वगृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै उहाँले गल्ती गरेको छैन भने न्यायिक छानविनबाट नतर्सिन आग्रह गरे । उनले न्यायिक छानविन र अनुसन्धानलाई सघाउन आग्रह गर्दै गल्ती गरेको खण्डमा सडकको आन्दोलनले मुक्त हुनेकुरा नसोच्न आग्रह गरे ।

उनले सहकारीको रकम ठग्नेहरुमाथि कारबाही गर्नको लागि र कारबाहीलाई अझ प्रभावकारी बनाउनको लागि र वचतकर्ताहरुको वचत फिर्ता गर्नको लागि सरकार लागि परेको बताए। उनले अहिलेसम्म सरकारले ६ हजार वचतकर्ताको वचत सम्पूर्ण रुपमा फिर्ता गरिसकेको दाबी गरे । उनले ८ हजार वचतकर्ताको करिव ७० प्रतिशत फिर्ता गरिसकेको र २ हजारको छानविनको क्रमसँगै ५० प्रतिशत वचत फिर्ता गरेको बताए ।

उनले बाँकी ६९ हजार वचतकर्ताको वचत फिर्ता गर्नको लागि सरकार लागिपरेको उल्लेख गरे । उनले सरकार समाजमा भएका विकृति, विसंगति, अन्याय, अत्याचार, असमानता वा भ्रष्टाचारलाई निर्मुल गर्न लागिपरेको बताए ।  मन्त्री गुरुङले मुलुकको सुशासन कायम गर्न, मुलुकमा आर्थिक समृद्धिमा योगदान पु¥याउनको लागि सरकारले काम गरिरहेको बताए ।