गार्डियन माइक्रो लाइफको आइपीओ आजदेखि खुल्यो


काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि आजदेखि आइपीओ निष्कासन गरेको छ । कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न गर्न अनुमति पाएको थियो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ ।

कम्पनीको आईपीओमा पुस २४ गतेसम्म न्यूनतम १० कित्ता र अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।