काठमाडौं । आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार एक हजार ५०० रुपैयाँले घटेर एक लाख ५२ हजार रुपैयाँ कायम भएको छ ।
आइतबार चाँदीको मूल्य स्थिर छ । चाँदीको मूल्य एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्