वार्सामा किसानद्वारा इयु व्यापार नीतिहरूको विरोध



युरोपेली संघ (इयु) को व्यापार र कृषि नीतिको विरोधमा किसान संगठनहरूले मध्य वार्साको सडकमा बिरोध प्रदर्शन गरेका छन् ।

पोल्याण्डमा युरोपेली आयोगको कार्यालय नजिकै प्रदर्शन शुरु भएको थियो । पोल्याण्डको राष्ट्रिय झण्डा र ब्यानर बोकेर सडकमा ठूलो भीड जम्मा भएको थियो । पछि प्रदर्शनकारीहरु सडकमा जुलुस निकालेका थिए । 

पोल्याण्डका कृषिमन्त्री चेस्लाव सिकिरस्कीले सम्झौताको विरुद्धमा कसैले उक्साएर बिरोध भइरहेको बताउनु भयो ।