काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१.५६ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ८ ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।
आइतबार जानकी फाइनान्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १९ करोड ९ लाख ४९ हजार ९७७ रुपैयाँको सेयर कारोबार भएको छ ।
आज नेप्सेमा उपकार लघुवित्त वित्तीय संस्था, दोर्दी खोला जलविद्युत् कम्पनी र ग्रीन भेन्चर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
आइतबार नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.८८ प्रतिशतले घटेको छ ।
कुल ३२७ कम्पनीको ९३ लाख ८६ हजार ७२१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८६ करोड २ लाख १ हजार ९७४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्