काठमाडौं । हिमालयन टाइम्स मिडिया इन्टरनेशनल एण्ड टेक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कानशनको तयारी सहित वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले यही पुस २९ गते काठमाण्डौको महाराजगंज स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा जुममार्फत दोस्रो साधारण सभा बोलाएको हो ।
सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, आईपीओका लागि सेयर रजिष्ट्रार र सेयर अन्डरराइटर नियुक्त गर्ने प्रैस्ताव पारित गरिनेछ ।
सभामा ६ महिनाभन्दा बढी अवधिका लागि कम्पनीको चुक्तापूँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढी हुने गरी विभिन्न ऋण सुविधा लिने, सञ्चालकको निर्वाचन गर्ने एजेण्डा रहेका छन् ।
त्यस्तै सभाले कम्पनीको रेटिङ गर्न रेटिङ एजेन्सी नियुक्त गर्ने र गत आवका वित्तीय विवरणहरु पारित गर्ने प्रस्तावहरु समेत पारित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्